जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बालेनविरुद्ध फिल्म हल सञ्चालक अदालतमा

काठमाडौंका मेयर बालेन शाहविरुद्ध फिल्म हल सञ्चालकहरू उच्च अदालत पाटन पुगेका छन् । उनीहरूले आज उच्च अदालतमा रिट दायर गरेका छन् । काठमाडौं महानगरभित्र हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएपछि हल सञ्चालकहरू रिट लिएर अदालत पुगेका हुन् ।

दक्षिण भारतीय फिल्म आदिपुरुषको जानकी सम्बन्धी विवादित संवादको विषयलाई लिएर बालेनले काठमाडौं महानगरभित्र कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न नपाइने भन्दै उर्दी जारी गरेका थिए । बालेनको उर्दीपछि महानगरका नगरप्रहरी फिल्म हलमा पुगेर हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएका थिए ।

हल सञ्चालकहरूले हिन्दी फिल्ममाथि रोक लगाउने बालेनको निर्णय कानुनविपरीत भएको भन्दै उच्च अदालतमा रिट दायर गरेका हुन् । उच्च अदालत पाटनकी प्रवक्ता मन्दिरा शाहीले रिट दर्ता भएको बताइन् ।