देशका केही स्थानहरूमा आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
गण्डकी, कोशी र मधेश प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेकोले मनसुनजन्य प्रकाेटबाट बच्न आवश्यक सतर्कता अपनाउन माैसमविद्ले आग्रह गरेका छन् ।
महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसाे गण्डकी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज राति धेरै स्थानमा पानी पर्ने सम्भावना रहेकाे महाशाखाले बिहान ६ बजे जारी गरेकाे बुलेटिनमा उल्लेख छ ।