जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रभात बसेललाई धरौटीमा रिहा गर्न कास्की अदालतको अनुमति

जन्मभुमि खबर ,
पोखरा ।

जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका बागलुङका प्रभात बसेललाई १ लाख धरौटीमा रिहा गर्न अदालतले अनुमति दिएको छ ।

जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत कास्कीले आज आइतबार प्रभातलाई १ लाख धरौटीमा रिहा गर्न अनुमति दिएको हो । न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले प्रभातलाई धरौटीमा छोड्न आदेश दिएको छ ।

यसअघि अपहरण र शरीर बन्धनको मुद्दामा जिल्ला अदालत म्याग्दीले गत बिहीबार प्रभातलाई साढे २ लाख धरौटीमा रिहा गर्न अनुमति दिएको थियो । प्रभातविरुद्ध म्याग्दीकी २२ वर्षीया युवतीले जेठ ७ गते जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धनको आरोप लगाउँदै मुद्दा दर्ता गराएकी थिइन् ।

जिल्ला अदालत कास्कीमा १ लाख धरौटी बुझाउने तयारी गरेका छन् । उनले कास्की अदालतमा धरौटी बुझाएपनि उनलाई प्रहरीको रोहवरमा जिल्ला अदालत म्याग्दी लगिनेछ । उनले म्याग्दी अदालतमा साढे २ लाख धरौटी बुझाएपछि रिहा हुनेछन् ।