जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रभात बसेललाई म्याग्दी अदालत बाट धरौटीमा रिहा गर्न आदेश ,कास्की प्रहरीमा अनुसन्धान जारी

जन्मभुमि खबर ,
पोखरा ।

अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका बागलुङका प्रभात बसेललाई साढे २ लाख धरौटीमा रिहा गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत म्याग्दीले बिहीबार प्रभातलाई साढे २ लाख धरौटीमा रिहा गर्न अनुमति दिएको हो ।

अदालतले धरौटीमा छोड्न अनुमति दिए पनि उनी तत्काल रिहा भने हुने छैनन् । उनीविरुद्ध परेको जबरजस्ती करणीको मुद्दाको अनुसन्धान भइरहेको छ ।

कास्की प्रहरीले उनीविरुद्ध लागेको जबरजस्ती करणीको आरोपमाथि अनुसन्धान गरिरहेको छ । उक्त मुद्दाको आदेश नआएसम्म उनी प्रहरी हिरासतमै हुनेछन् ।

प्रभातविरुद्ध म्याग्दीकी २२ वर्षीया युवतीले जेठ ७ गते जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धनको आरोप लगाउँदै मुद्दा दर्ता गराएकी थिइन् ।