स्थानिय सरकार सन्चालन ऐन लाई ठाडो चुनौति दिदै वडा नम्बर २१ मा डोजर संचालन।
पोखरा २१ को सुरौदि खोलामा डोजर लागाई ढुंगा निकालिएकोमा सामाजिक सञ्चाल मार्फत विरोध भएको छ । पोखरा महानगर पालिका तथा स्यांजाको सिमानमा रहेको सुरौदि खोलाबाट अनाधिकृत तरिका बाट बर्खाको समयमा ढुंगा निकालिएको भिडियो सामाजिक संजालमा आएपछि यसको चौतर्फी विरोध उठन थालेको छ । केहिले यसको पक्षमा बोलेका बन् भने केहिले यसको विपक्षमा आफनो आवज उठाएका छन् ।
कुनै मठमन्दिर ,पोखरीलाई भनेर खनिज जन्य पदार्थ उत्खन्न गर्न नपाईने तथा यदि गर्नु परेमा सम्बन्धित निकायबाट स्टिमेट र स्टिमेट बमोजिमको मात्र मनिसको प्रयोग गरि त्यस्ता पदार्थहरुको उत्खन्न गरेर काममा लगाउन सकिन्छ । साथै खोलामा डोजर हालेर उत्खन्न गर्न पाईदैन । राष्टिय गौरबका योजनालाई भनेर सरकारको स्वीकृति लिएर निस्चित समय वा अवधिको लागि प्राविधिकको निगरानिमा चलाउन पाईन्छ । स्थानिय सरकार संचालन ऐन २०७४ अनुसार वर्डा समितिले खनिज जन्य पदार्थ उत्खन्न र निकासी गर्न पाउदैन । त्यस्ता छेत्र भएमा पालिकाको आम्दानिको लागि पालिकालाई सिफारिस गर्न सक्ने मात्र अधिकार भएको पाईन्छ । यस्तो व्यवस्था हुदाँ वडा भेखबर भनेर संजालमा आउदाँ जनतामा संका पैदाभएको छ ।
यस विषयमा बुझदा वडा नम्बर २१ का सचिव प्रकाश सुवेदिले वडा बाट कुनै सिफारिस आफलाई जानकारी नआएको र महानगर बाट आएको भए आफु अनविज्ञ भएको साथै वडा नम्बर २१ का इन्जिनियर नवनारायण ढुंगानाका अनुसार यस विषयमा वडामा कुनै ढुंगा निकालन र स्टिमेटको लागि भनेर कहि कतैबाट पनि जानकरी नआएको बताएका छन् ।साथै यश विषयमा वडा अध्यक्ष दिपक प्रसाद सुवेदीले यसमा मेरो नाम मुछिएको मा दु:ख लागेको र वडाबाट खोलामा डोजर संचालन गर्न कुनै सिफारिस आज सम्म वडाले नदिएको जानकारी दिएका छन्।