चितवन २ मा अघि बढे रवि लामिछाने, पछ्याउँदै एमाले
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार रास्वपाका लामिछानेले ११५५ मतका साथ अग्रता लिएका हुन् । सुरुवातमा भने एमालेले अग्रता लिएको थियो । तर, अहिले रविले उछिनेका हुन् ।
रविलाई पछ्याइरहेका एमालेका रामप्रसाद न्यौपानेले ६६५ मत पाएका छन् । तेस्रोमा रहेका कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका छन् ।