जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

उपनिर्वाचन :तनहुँ-२ मा ५१.७०% मत चितवन-२ मा ६०%, बारा-२ मा ६१% र खस्यो

उपनिर्वाचनमा सबैभन्दा धेरै बारामा मतदान भएको छ । निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार बारामा ५८ प्रतिशत मत खसेको हो ।

‘यो प्रारम्भिक रिपोर्ट हो । केही प्रतिशत बढ्न सक्छ,’ उनले भने । त्यसपछि चितवन २ मा ५५ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृत बासुदेव न्यौपानेका अनुसार ५५ प्रतिशत खसेको हो ।

प्रारम्भिक रिपोर्ट भएकाले केही बढ्न सक्ने उनले बताए । उपनिर्वाचनमा सबैभन्दा कम तनहुँ १ मा मत खसेको छ ।

तनहुँ १ मा भएको उपनिर्वाचनमा ५१.७० प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ ६३ हजार ७५७ मत खसेको छ ।

उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ३०५ मतदाता थिए ।

चितवन २ मा सम्पन्न उपनिर्वाचनमा ५९ प्रतिशत मतदान भएको छ ।

प्रहरीले अहिले ५ बजेसम्म संकलन गरेको तथ्यांकअनुसार ७३ हजार ४ सय ५६ अर्थात् ५८.९ प्रतिशत मत खसेको हो । केही मतदान केन्द्रहरुमा मतदान हुँदैछ ।

चितवन २ मा १ लाख २४ हजार ६९७ जना मतदाता छन् । यसअघिको निर्वाचनमा ८४ हजार १७ मत खसेको थियो । मतदाताको संख्या १ लाख २४ हजार २१७ जना अर्थात् ६७.६३% मत खसेको थियो ।

बिहान ७ बजेदेखि भएको मतदान साँझ पाँच बजेसम्म चलेको थियो । निर्वाचन अधिकृतहरूका अनुसार मतपेटिका संकलन भएपछि मतदान सुरु तयारी छ । ‘मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर मत गणना सुरु हुन्छ,’ चितवनका निर्वाचन अधिकृत न्यौपानले भने ।

निर्वाचन अधिकृत उपाध्यायका अनुसार बारा २ मा पनि मतपेटिका संकलन भएपछि मतगणना गर्ने तयारी छ । ‘सबै पक्ष बसेर मतगणनाको निर्णय गर्छौं,’ उनले भने । तनहुँमा पनि आज नै सर्वदलीय बैठक बस्ने तयारी छ । ‘मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर मत गणनाको निर्णय गर्छौं,’ अधिकृत उपाध्यायले भने ।