पोखराको डम्पिङ साइटमा डोजरले च्यापिएर चालकको मृत्यु
जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिका–३२ लामेआहालस्थित ल्याण्डफिल साइटमा फोहोर पुर्ने ग १ ग १३४ नम्बरको डोजरले च्यापिएर बिहीबार चालक ६० वर्षीय मुसाफिर दास तत्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
चल्दाचल्दै बन्द भएको डोजर गेयरमा रहेछ, चेनमा चढेर स्टार्ट गर्ने बित्तिकै आफैं डोजर हुत्तिएर अघि बढेछ,’ उनले भनिन्, ‘डोजर बन्द भएपछि गेयरमै छाड्नु र चालक सिटमा नगइकन स्टार्ट गर्नु गल्ती भएछ।’
फोहोर पुर्न डोजर चालु अवस्थामा राखेर चालक तत्मा डोजर अगाडि पुगेका थिए । स्टार्ट भइराखेको डोजर अगाडि बढ्दा चालकलाई पेलेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।