जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपाली सेनाको साइबर स्पेस आक्रमण गरेको आरोपमा पोखराबाट सागर ढकाल पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

नेपाल प्रहरीको साइबर ब्यूरोले नेपाली सेनाको ‘साइबर स्पेश’ मा अनाधिकृत पहुँच हमला गर्ने युवकलाइ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गैरकानुनी कार्यमा संलग्न स्याङ्जाको वालिङ नगरपालिका–१० घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१६ बाटुलेचौर मा घर धनीको इन्टरनेट प्रयोग गरी बस्ने २१ वर्षका सागर ढकाल रहेका छन् । ढकाल
केही समययता पोखरा १६ मै बस्दै आएका थिए।

ब्युरोको अनुसन्धानका क्रममा उनी पोखरामा रहेको थाहा पाएपछि ब्यूरोको टोलीले उनलाई पोखराबाट पक्राउ गरी काठमाडौँ ल्याएको हो । उनलाई आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतले थप अनुसन्धानका लागि सात दिनको म्याद दिएको ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए।

नेपाली सेनाबाट केही अघि साइबर स्पेशमा पहुँच पुर्याइ साइबर हमला भएको देखिन आएकाले आवश्यक अनुसन्धान तथा कारवाहीका लागि ब्यूरोमा पत्राचार भएको थियो । सोही पत्राचारका आधारमा साइबर हमलाको प्राविधिक विशलेषण, ह्युमन इन्टेलिजेन्स तथा अनुसन्धानका आधारमा उक्त ब्यूरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।