जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चितवन २ मा रवि लामिछानेको उम्मेदवारी दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी १० वैशाखमा तोकिएको उपनिर्वाचनका लागि चितवन २ बाट उम्मेदवारी दर्ता गराएका छन्।

सोमबार लामिछानेले जिल्ला निर्वाचन कार्यालय चितवनमा उम्मेदवारी दर्ता गराएका हुन्।

लामिछाने यसअघि ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। तर पछि सर्वोच्च अदालतले नागरिक प्रकरणमा दोषी पाइएपछि उनको सांसद पद गुमेको थियो।

चितवन २ मा कांग्रेसबाट चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका जीवलाल पुरी निर्वाचनको मैदानमा उत्रिएका छन्। उनीहरुले पनि आजै उम्मेदवारी दर्ता गर्दै छन्।

निर्वाचन आयोगका अनुसार चितवन २ को उपनिर्वाचनमा १ लाख २४ हजार ६९५ जना मतदाताले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्नेछन्।