उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित
देशको तेस्रो उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएका छन् ।
शुक्रबार भएको चुनावमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमतकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् । उनले संघीय सांसदको १८४ मतकाे १४५३६ मतभार र प्रदेश सांसदको ३२९ मतकाे १५७९२ मतभार पाए । उनले कुल ३०३२८ मतभार पाएका छन् ।
यादवलाई सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र स्वतन्त्र सांसदको समर्थन थियो । सत्ता गठबन्धनमै रहेका जनमत, लोसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय स्वतन्त्र पार्टीले भने जनमतकी झालाई समर्थन गरेका थिए ।