जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले २९ पुसमा विश्वासको मत लिने 

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले २९ पुसमा विश्वासको मत लिने भएका छन् ।

मंगलबार मुख्यमन्त्री अधिकारीले २९ पुसमा विश्वासको मत लिने कार्यसूची तय गरिदिन प्रदेशसभा सचिवालयलाई पत्र पठाएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

३३ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी सोमबार साँझ मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।मुख्यमन्त्रीको शपथ लिएलगत्तै  मुख्यमन्त्री अधिकारीले चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

मुख्यमन्त्री अधिकारीले एमालेकी सीताकुमारी सुन्दास, माओवादी केन्द्रका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङलाई बिनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्रीमा दाबी पेस गर्दा अधिकारीलाई एमालेका २२, माओवादीका ८,  राप्रपाका २ र एकीकृत समाजवादीका एक जना गरी ३३ सांसदले समर्थन गरेका थिए । ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री अधिकारीलाई ३३ सांसदको समर्थन छ । कांग्रेससँग २७ जना सांसद छन् ।