गण्डकी प्रदेशका सांसदले लिए सपथ , संसद्काे पहिलाे बैठक १८ गते
गण्डकी प्रदेशसभा सदस्यहरूले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । प्रदेशसभाकाे हल नदीपुरमा बिहीबार दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराएका हुन् । ज्येष्ठ सदस्यकाे रूपमा बस्यालले बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङसँग शपथ लिएका थिए ।
उनले बिहीबार ५९ सांसदलाई शपथ गराएका हुन् । ५७ जनाले नेपाली भाषा र ३ जनाले आफ्नाे मातृभाषामा शपथ लिएका छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा ३६ प्रत्यक्ष र २४ समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका छन् । संसद्मा ५ दलकाे सहभागिता रहनेछ ।
२७ सिट ल्याएकाे नेपाली कांग्रेस संसद्मा सबैभन्दा ठूलाे दलकाे रूपमा सहभागी हुनेछ । कांग्रेस ठूलाे दल भए पनि प्रतिपक्षमा रहने निश्चितजस्तै छ । यसैगरी, २२ सिट ल्याएकाे एमाले दाेस्राे स्थानमा रहेकाे छ भने ८ सिट ल्याएर माओवादी केन्द्र तेस्राे स्थानमा छ ।
समानुपातिक प्रणालीबाट २ सिट जितेकाे राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रबाट चुनाव जितेका दीपक मनाङे प्रवेश गरेसँगै एकीकृत समाजवादी पनि संसद्मा प्रवेश गरेकाे छ । त्यस्तै प्रदेश प्रमुख गुरूङले १८ गते संसद्काे पहिलाे बैठक आह्वान गरेका छन् ।
केन्द्रकाे नयाँ गठबन्धनसँग गण्डकीमा पनि सरकार बनाउने बहुमत पुग्छ । गण्डकीमा सरकार बनाउन ३१ सांसदकाे आवश्यक पर्छ । यस्तै सरकारकाे नेतृत्व कसले लिने भनेर एमाले र माओवादीले आ-आफ्नाे दाबी गरेका छन् । एमालेबाट दलका नेता खगराज अधिकारी र माओवादीबाट हरिबहादुर चुमान मुख्यमन्त्रीकाे दाबेदार हुन् ।