कास्कीमा ५८ प्रतिशत मत खस्यो
जन्मभुमि खबर ,
पोखरा ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा आज कास्कीमा ५८ प्रतिशत मत खसेको छ । गण्डकीका प्रमुख निर्वाचन आयुक्त हुमनाथ पराजुलीले दिएको अनुसार करिब ५८ प्रतिशत मत मात्र कास्कीमा खसेको छ ।
उनले कास्कीमा भोलिदेखि मात्र मतगणना सुरु हुने बताए । उनले भने, ‘ढुवानीका लागि नै आज राती १२ नै बज्छ त्यसले गर्दा भोलिदेखि मात्र मतगणना सुरु गर्छौ ।’
कास्कीका मतदान केन्द्रहरु प्राय सुनसान थिए । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ जना मतदाता रहेका छन् ।