पोखरामा प्याराग्लाइडिङबाट खसेर आर्मीका खेलाडीको मृत्यु
जन्मभुमि खबर ,
पोखरा ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ खेलाडीको दुर्घटनामा परेर मृत्यु भएको छ ।
क्रस कन्ट्री प्याराग्लाइडिङ इभेन्टअन्तर्गत सहभागी नेपाल त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापाको आइतबार मध्याह्न मृत्यु भएको हो ।
पोखरा महानगरपालिका–१८ सराङकोटमा आइतबार खेल चलिरहेको १०० मिटर माथिबाट जमिनमा खस्दा आर्मीका खेलाडी २६ वर्षीय निसिम थापा
प्याराग्लाइडिङबाट खसेर घाइते थापालाई उपचारका लागि लागि मेट्रोसिटी अस्पताल पठाएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीका प्रवक्ता, सुन्दर तिवारीले जानकारी दिए।