जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

घट्यो सुनचाँदीको मुल्य

आज नेपाली बजारमा सुनको मुल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघले आज आइतबारको कारोबार दर तोक्दै गत साताको शुक्रबारको तुलनामा सुनको मुल्य घटेको जानकारी दिएको हो ।

जसअनुसार आज छापावाल सुनको मुल्य तोलामा ९३ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मुल्य प्रतितोला ९४ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ६०० रुपैयाँ थियो ।

यस्तै, आज सुनको मुल्य ह्वात्तै घटेको दिन चाँदीको मूल्य समेत घटेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको हो । यससँगै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ कायम छ । गत साताको शुक्रबार यसको मूल्य तोलामा ११ सय ८५ रुपैयाँ कायम थियो ।