जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कात्तिक २ र ३ गते देशभरका बालबालिका लाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

सरकारले यही कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ। ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

करिब २५ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको पोषण शाखाले जनाएको छ। आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ।