जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

देशभर आंशिकदेखि सामान्य बदली

अहिले मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि आंशिक बदली रहको छ ।

गण्डकी प्रदेश,प्रदेश १, मधेस, बागमाती र आंशिकदेखि सामान्य बदली रही बाँकि प्रदेशमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ । साथै, प्रदेश १, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षासमेत भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति गण्डकी प्रदेश १, मधेस, बागमती, र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।