जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरपालिकाका १०० दिनका उपलब्धिहरू सार्वजनिक

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिकाले नयाँ नेतृत्व आएपछिका १०० दिनका उपलब्धि सार्वजनिक गरेको छ । गत बैसाख ३० गते भएको स्थानीय तह निर्वाचन पछी पोखरा महानगरपालीकामा जनप्रतिनिधि आएको एक सय दिन पुगेको छ ।

सपथ ग्रहण सकिन साथ ३ सय ७५ वटा फुलका विरुवा रोपेर पदस्थापन गरेका जनप्रनिधिहरुले अहिले सम्म २४ हजार फलफुलका विरुबा रोप्नुका साथै एक घर एक विरुवा अभियान अन्तर्गत कागती, कफी, आपँ, लिची, एभोकाड़ो, अम्बा, केरा लगायतका विरुवा वितरण तथा रोपण गरेको पोखरा महानगरपालीकाका नगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

उहाँका अनुसार पोखरा महानगरपालिकाको समग्र विकासका लागि आफ्नो नेतृत्वमा नवीनतम प्रयासहरू समेत थालिएको छ  भने, उज्यालो पोखरा अभियानदेखि सेवा प्रवाहमा एकद्धार प्रणाली सञ्चालन गरिएको छ

यस अवधिमा १०० बढी महत्त्वपूर्ण कामहरूको सुरुवात गरिएको प्रमुख आचार्यले जनाउनुभयो । उहाँका अनुसार पोखरा महानगरपालिकाको समग्र विकासका लागि आफ्नो नेतृत्वमा नवीनतम प्रयासहरू समेत थालिएका छन् भने, उज्यालो पोखरा अभियानदेखि सेवा प्रवाहमा एकद्धार प्रणाली सञ्चालन गरिएको छ ।

साथै विभिन्न दातृ निकाय तथा विदेशका भगिनी सम्बन्ध कायम भएका सहरहरूसँगको साझेदारीमा दीर्घकालीन महत्त्वका योजनाहरूको सम्भाव्यता अध्ययन, डिपिआर निर्माण तथा निर्माण सम्झौता समेत गरिएका छन् ।

नेपाल बिद्युत प्राधिकरणसंग पोखराको अघौंचोक देखी लेकसाइड सम्म र सभागृह, महेन्द्रपुल, नयाँबजार हुँदै पृथ्वीचोक सम्मको बिजुलीका तारहरुलाई अन्डरग्राउण्ड गर्ने सम्झौता भएको छ । यसैविच पोखराले महानगर फोरम गठन गर्दे  महानगर सम्मेलन बाट ७ बुदे पोखरा घोषणा पत्र जारी गरेको छ । युवा तथा बेरोजगारहरु लाई लक्षित गरी व्यवसाय प्रवद्धन केन्द्र स्थापना गरिएको र  गण्डकी बहुप्राविधिक शिक्षालयमा  थप ४ नयाँ बिषयको अध्यापन अनुमति प्राप्त गर्न सफल भएको उहाँले बताउनुभयो ।

यस्तै एक सय दिनमा कृषी क्षेत्रसंग जोडीएर धेरैकाम गर्न सकिएको महानगरले जनाएको छ । तरकारी र फलफुलको सर्मथनमा मुल्य घोषणा, पोखरा १३ का किसानहरु लाई चैते धान रोपाइमा ५० प्रतिशत बिउ अनुदान, बेमौसमी तरकारी र फलफुल खेतीमा प्राहोत्सान, पोखरामा रहेका सुन्तला कृषकहरु लाई किसान डिजिटल कार्ड वितरण गर्नुका साथै रु २० लाख नगद अनुदान वितरण गरीएको छ । १ सय भन्दा बढिको संख्यामा बाख्रापालन गर्ने किसानहरुलाई बिशेष सम्मान संगै २० लाख बराबरको अनुदान वितरण गरीएको नगर प्रमुख आचार्यले बताउनुभयो । यस्तै किसानहरु लाई राहात प्रदान गर्न चिस्यान सहितका एमबुलेन्स खरिद प्रक्रिया अघि वढाएको समेत महानगरले जनाएको छ ।

जनगुनासो सुनुवाइका लागि हेल्लो मेयर कार्यक्रम समेत सञ्चालन गरिएको छ ।

महत्त्वपूर्ण स्थानका सार्वजनिक जग्गाहरूको विवाद समाधान तथा स्वामित्व फिर्ता, हजारौँको सङ्ख्यामा फलफूलका बिरुवाहरू रोपण, कृषि एम्बुलेन्स सञ्चालन, छात्रवृत्ति प्रदान तथा राहतरउपचार सहयोग तथा सिफारिस लगायत कामहरू यस अवधिमा सम्पन्न गरिएका छन् ।

नगरप्रमुख आर्चायले एक सय दिन भित्र नै सवै कामहरु गर्न नसकिने बताउदै ५ वर्षभित्र आफ्नो घोषणापत्रमा उल्लेख गरीएका सवैकामहरु सक्ने लक्ष्य राखेको बताउनुभयो ।