पोखरामा आज ४ स्थानमा कोरोना विरुद्धको बुष्टर डोज खोप लगाइदै
जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा आज कोरोना भाइरस विरुद्धको बुष्टर डोज खोप वितरण हुने भएको छ ।
पोखरा महानगरपालिकाभित्रका विभिन्न ४ स्थानबाट खोप वितरण हुने स्वास्थ्य महाशाखाले जनाएको छ ।
शहरी स्वास्थ केन्द्र ३ नदिपुर , शहरी स्वास्थ केन्द्र ७ रत्नचोक , शहरी स्वास्थ केन्द्र १३ कुडँहर , शहरी स्वास्थ केन्द्र १० रामबजार बाट खोप वितरण हुने बताइन्छ ।
एस्ट्राजेनेका,कोभिशिल्ड र भेरोसेल खोपको दोश्रो मात्रा लगाएको तीन महिना पूरा भएका र जोन्सन खोपको एक मात्रा लगाएर तीन महिना पूरा भएका व्यक्तिलाई बुष्टर डोज दिइने भएको छ ।
खोप लगाउन जाने व्यक्तिलाई खोपकार्ड लिएर आउन आग्रह गरिएको छ ।
