जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

निति प्रेस मिडिया प्रालिले नेपाली महिलाहरुको महान चाँड हरितालिका तीजको अवसरमा खुल्ला तीज गीत प्रतियोगिता आयोजना गर्ने।

पोखरा, भदौ २,                                                                     निति प्रेस मिडिया प्रालिले नेपाली महिलाहरुको महान चाँड हरितालिका तीजको अवसरमा खुल्ला तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । निति प्रेसले तीजको अवसरमा वाई.यु.के.सुपरमार्केट प्रथम खुल्ला तीज गीत प्रतियोगिता–२०७९ आयोजना गर्न लागेको हो । प्रतियोगिता यहि भदौ ११ गते शनिबार पोखरा–१८ फेवाताल किनारस्थित वाई.यु.के.सुपरमार्केटको प्राङ्गणमा आयोजना गर्ने नीति प्रेसले विहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
‘कला, संस्कृतिको संरक्षण गरौं, पर्यटन प्रवद्र्धन गरौं’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको आयोजक नीति प्रेस मिडिया प्रालिका प्रमुख कार्यकारी निर्देशक माधव पोखरेलले बताए । ‘बढ्दो आधुनिकीकरण तथा विदेशी कला, संस्कृति, रितिरिवाज, चालचलने गर्दा हाम्रो मौलिक तिरिरिवाज तथा कला संस्कृति ओझेलमा पर्ला भन्ने चिन्ता भो । त्यहि भएर कला र संस्कृतिको संरक्षण गर्दै पर्यटनमा सघाउ पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्दैछौं’–उनले भने ।
खुल्ला तीज गीत प्रतियोगिता भएकाले जो कसैलेपनि प्रतियोगितामा सहभागि हुन पाउने निर्देशक पोखरेलले बताए । प्रतियोगितामा ३० समूह सहभागि हुने अपेक्षा गरिएको उनले बताए । प्रतियोगिताको अवसरमा प्रतियोगि समूहबाहेक ख्याती प्राप्त स्थानिय तथा राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुती रहने उनले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने समूहलाई ३० हजार, द्वितीय हुने समूहलाई २० हजार, तृतीय हुने समूहलाई १० हजार सहित प्रमाणपत्र साथै उत्कृष्ट भेषभुषा, उत्कृष्ट नाच, शब्द लय, प्रमाणपत्र प्रदान गरिने आयोजक नीति प्रेसमिडीया प्रालिले जनाएको छ । प्रतियोगिता आयोजना गर्न ३ लाख ७८ हजार खर्च लाग्ने अनुमान गरिएको निर्देशक कार्यक्रम संयोजक गणेश लम्सालले जानकारी दिए ।
कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक गणेश लम्साल
१. प्रतियोेगितामा भाग लिने समूहले अनिवार्य रुपमा एउटै पोशाक लगाउनु पर्नेछ ।
२. एउटा समूहमा नृत्य सहित कम्तीमा ५ जना सहभागिता रहनु पर्ने छ ।
३. शिक्षा,पर्यटन तथा कला सांस्कृतिक विषयमा रहेर गित प्रस्तुत गर्नुपर्नेछ ।
४. कुनै व्यक्तिगत तथा राजनीतिक आक्षेप लगाउन पाईने छ्रैन ।
५. सहभागी टिमले मिति २०७९/०५/१० साँझ ६ बजे सम्म टिम दर्ता गराई सक्नुपर्नेछ ।
६.प्रतियोगितामा कुनै विवाद भएमा प्रथम निर्णायक रहनेछ भने दोस्रो आयोजकको निर्णय
नै अन्तिम हुनेछ ।
७. दर्ता शुल्क जम्मा रु १,००० अपाङ्ग भएका समुहलाई नि शुल्क गर्ने भएको छ।