जन्मभुमि खबर ,
पोखरा ।
सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको छ ।
कार्कीलाई हटाए सँगै सरकारले अतिरिक्त प्रहरी महानिरीक्षक मनोज केसीलाई नयाँ आइजीपी नियुक्त गरेको छ । कार्कीसँग सरकारको केही समय अघिदेखि विभिन्न विषयमा फरक मत रहँदै आएको थियो ।
उनलाई हटाउन सरकारले यसअघि नै तयारी गरे पनि विरोधका कारण रोकिएको थियो । पछिल्लो समय सञ्चार गृहहरूमा प्रहरीको प्रवेशलाई लिएर आईजीपी कार्की र सरकारबीच प्रष्ट मतभेद देखिएको थियो ।
कार्कीलाई प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको स्रोतले बनाएको छ ।
प्रधानमन्त्री कार्यालयमा नयाँ दरबन्दी खडा गरेर कार्कीलाई नियुक्त गर्ने निर्णय भएको हो ।