जन्मभुमि खबर ,
पोखरा ।
फेवातालमा डुबेर एक भारतीय पर्यटकको मृत्यु भएको छ ।
प्रतक्ष्यदर्शीका अनुसार तालबाराही मन्दिरको छेउमा फोटो खिच्ने क्रममा फेवातालमा खसेर रोहित बेपत्ता भएका थिए ।
करिव ४:५० बजेको समयमा तालमा डुबेर बेपत्ता भएका उनलाई सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले करिव ५ :१० बजे अचेत अवस्थामा उद्दार गरेको थियो ।
फेवा वाच एण्ड रेस्क्यु टावरमा खटिएको विपद् व्यवस्थापन टोलीले उद्दार गरे पश्चात पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले चेक जाँचका क्रममा मृत घोषणा गरेका हुन ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।