जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा शुक्रबार बिहान स्कुल भ्यान दुर्घटना भएको छ ।
पोखरा ७ मासबारमा अवस्थित ह्याप्पी वोडिङ स्कुलको इभी हाइस नागढुङ्गा बाट विरौटा तिर जाँदै गर्दा मुस्ताङ चोक नपुग्दै विपरित दिशा तिर गएर दुर्घटनामा परेको हो ।
दुईजना विद्यार्थीको सकुशल उद्धार भएको छ। दुर्घटना के कारण भएको भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको छ भने चालक फरार रहेका छन ।