जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराबाट घुम्न गएका यात्रु सवार जिपमाथि खस्यो पहिरो , ५ यात्रु सकुशल

जन्मभुमि खबर ,

पोखरा ।

ढोरपाटन नगरपालिका–९ सुकुरदुङस्थित ढोरपाटन–सालझण्डी सडक खण्डमा स्कार्पियो जिपमाथि पहिरो खसेको छ । जिपमा सवार सबै ५ जना यात्रु भने समयमै भागेर जोगिएका छन् ।

ग१य ९८२ नम्बरको जिपमाथि सोमबार राति पहिरो खसेको हो । पोखराबाट ढोरपाटन घुम्न हिँडेका ५ जना जिपमा सवार थिए । उनीहरु सबै भागेका कारण सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी रामेश्वर त्वातीले जानकारी दिए ।

सडक भन्दा माथिबाट आएको पहिरोले जिपको अगाडिपट्टिको भाग पुरेको हो । पहिरोल क्षति पुर्‍याएको जिपमा एक्स्काभेटरको प्रयोगबाट झिकिएको छ । पहिरोले अवरुद्ध बनेको सडक सुचारु गराउने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । सडकमा खसेको पहिरो पूर्णरुपले हटाउन भने दिनभरी लाग्ने प्रहरीले जनाएको छ ।