जन्मभुमि खबर ,
पोखरा ।
कास्कीको हेम्जास्थित याम्दी खोलाको खोचमा खसेकी एक महिलाको उद्धार गरिएको छ ।
पोखरा महानगरपालिका–२५ हेम्जा चौरस्थित याम्दी खोलाको खोचबाट आज बिहान सशस्त्र प्रहरीले बुद्धचोक बस्ने २२ वर्षिया देवी सुनारको उद्धार गरेको हो ।
खोलानजिकै रहेको भीरबाट महिला कराएको आवाज सुनेपछि सोही ठाउँका स्थानीयले सशस्त्र प्रहरीलाई जानकारी गराएका थिए ।
उनलाई खोलाको खोचमा घाइते अवस्थामा प्रहरीले फेला पारेको थियो । उद्धार गरेर उनलाई तत्काल उपचारको लागि मणिपाल शिक्षण अस्पताल कास्की पठाइएको प्रहरीले जनाएको छ । उनको दुवै हात र खुट्टा तथा ढाडमा चोट लागेको छ ।