जन्मभुमि खबर ,
पोखरा ।
फ्लाइ दुबईले पोखरा–दुबई उडानको अनुमति पाएसँगै टिकट बुकिङ खुला गरेको छ। आगामी २३ सेप्टेम्बर २०२६ देखि सञ्चालन हुने उक्त उडानका लागि बुकिङ खुला गरिएको हो ।
३ वर्षअघि सन् २०२३ जनवरी १ मा उद्घाटन भए पनि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान प्रभावकारी बनाउन सकेको थिएन । हिमालय एयरलाइन्सले पोखरा–ल्हासा १ वर्ष उडाएपछि घाटा लागेको भन्दै बन्द गरेको छ । २०२५ को मार्चदेखि २०२६ को मार्चसम्म उडाएर उक्त रुटमा उडान बन्द भएको हो।
दुबईका लागि नियमित उडान सुरु हुनु पोखरा, गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन, व्यापार तथा आर्थिक विकासका लागि ऐतिहासिक उपलब्धि हुने व्यवसायीहरूको तर्क छ।