जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा कार दुर्घटनामा व्यवसायी रेशम थापाको मृत्यु

जन्मभुमि खबर ,

पोखरा ।

पुर्वबैंकर रेशमबहादुर थापाको बिहीबार साँझ सवारी दुर्घटनामा परी निधन भएको छ ।

पोखरा महानगरपालिका ३१ स्थित बेगनास भोर्लेटार सडक खण्डको पचभैयामा उनले चलाएको कार अनियन्त्रित भई दुर्घटना हुँदा थापाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । थापाले चलाएको बा १३ च ४२०९ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको कास्की प्रहरीका प्रवक्ता समेत रहेका डिएसपी वीरेन्द्रकुमार पासवानले बताए ।

थापालाई तत्काल उद्दार गरी उपचारका लागि प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल मोहरियामा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

केही वर्ष अघि उनको छोराको पनि मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो । पोखरा ३१ कै स्थायी बासिन्दा उनी पछिल्लो समय पोखरा गैह्रापाटनमा बस्दै आएका थिए ।