जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ मूल्यवृद्धि

जन्मभुमि खबर ,

पोखरा ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ ।

चैत २० गते (अहिले मध्यरात) बिहानैदेखि लागु हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ ।

मूल्य वृद्धिपछि पोखरामा पेट्रोल २ सय २ रुपैयाँ, डिजेल तथा मट्टितेल १ सय ८२ रुपैयाँ पुगेको छ । दुई दिनअघि हवाइ इन्धनको भाउ बढाएर निगमले प्रतिलिटर २ सय ५१ रुपैयाँ पु¥याएको थियो । यसअघि ११ चैतमा पनि निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिर १५–१५ रुपैयाँ बढाएको थियो