नवनिर्वाचित सांसदहरूले लिए सपथ
जन्मभुमि खबर ,
पोखरा ।
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले सपथ लिएका छन्। सिंहदरवारस्थित संसदमा उनीहरूले सपथ लिएका हुन् ।
संसदका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई सपथ गराएका हुन्। सपथ समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी थिए । उनको मुद्दा अदालतमा चलिरहेका बेला सपथ लिन पाउने कि नपाउने बहस चलिरहेका बेला सभापति लामिछानेले पनि सांसदको सपथ लिएका हुन् ।
सपथ समारोहअघि संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले संसदका काम कारबाही हाललाई बहुउद्देश्यीय हलबाट सञ्चालन गरिने बताए । उनले संसद हलमा कमी कमजोरीसमेत रहेको हुनसक्ने बताउँदै हाललाई सोही हलबाट काम चलाउने स्पष्ट पारे ।