जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा सेती खोचबाट हामफालेर एक युवक बेपत्ता

जन्मभुमि खबर ,

पोखरा ।

पोखरामा सेती खोचबाट हामफालेर एक युवक बेपत्ता भएका छन ।

आज बिहान राती १ बजे चोरसाघु पुलबाट हाम फालेर बेपत्ता भएका उनको खोजी कार्य जारी छ ।

बेपत्ता हुनेमा स्याङ्जा घर भइ हाल पोखरा १७ बिरौटा बस्ने ३२ बर्षका आशिष गुरुङ रहेका छन ।

घटनाबारे जानकारी पाउनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट सशस्त्रका डिएसपी मोहन राई कमाण्डमा खटिएको संयुक्त  टोलिले खोजी कार्य जारी राखेको छ ।