जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा एमालेको चुनाव प्रचारमा हिडेंका गाडीमा कांग्रेसका कार्यकर्ताले गरे तोडफोड (भिडियो सहित)

जन्मभुमि खबर ,

पोखरा ।

जन्मभुमि खबर ,
पोखरा ।

कास्कीमा नेकपा एमालेको चुनावी प्रचारमा प्रयोग भएका २ वडा गाडी तोडफोड भएको छ। एमाले कास्की क्षेत्र नं १ का उमेदवार बैन बहादुर क्षेत्रीको चुनावी अभियानमा प्रयोग भएका २ वटा गाडी तोडफोड भएको हो ।

मादी गाउपालिका वडा नं ११ उपल्लो साप्लेमा गाडी तोडफोड भएको एमालेले जनाएको छ । ढुङ्गा प्रहारबाट गाडीका शिशा फुट्नुको साथै गाडीमा सामान्य क्षति भएको छ । ग ४ प १०१५ नम्बरको हाइलेण्डर र बा ९ च ८९२८ नम्बरको फर्चुनर गाडी तोडफोड भएको हो ।

नेपाली कांग्रेस निकट तरुण दलका कार्यकर्ता रिदम गुरुङको नेतृत्वमा गएको समूहले ढुङ्गा हानी गाडी तोडफोड गरेको नेकपा एमाले मादी गाउँपालिकाका अध्यक्ष सुवास सापकोटाले जानकारी दिए । साप्लेमा चुनावी कार्यक्रम चलिरहेको बेला पार्किङमा राखिएका सवारी तोफोड भएको सापकोटाले बताए ।