जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

म्याग्दीमा धारिलो हतियार प्रयोग गरी युवतीको हत्या

जन्मभुमि खबर ,

 

 

पोखरा ।

म्याग्दीमा एक युवतीको हत्या भएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–७, सिवाङ झिनडाँडामा गएराति धारिलो हतियार प्रयोग गरी २० वर्षीया पुनमाया विकको हत्या गरिएको हो ।

राति साढे १० बजे घर बाहिर एक्कासि पछाडिबाट प्रहार गरेपछि गम्भीर घाइते बनेकी उनको बेनी अस्पतालमा उपचारको क्रममा निधन भएको म्याग्दी प्रहरीले जनाएको छ ।

प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ । विकको हत्यामा संलग्नको खोजी भइरहेको डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए ।