जन्मभुमि खबर ,
पोखरा ।
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । ४३ वर्षको उमेरमा उनको हृदय घातका कारण निधन भएको हो ।
चलचित्रकर्मी राजेश घतानीका अनुसार उनी मृत अवस्थामा फेला परेका थिए। ‘उहाँको परिवारका सदस्यहरुसँग मेरो कुरा भएको थियो,’ उनले भने, ‘उहाँको सुतेकै ठाउँमा मृत्यु भएको रहेछ । परिवारका मान्छेले हृदयघात भएको भन्नु भएको छ ।’