जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बागलुङमा पिकअप जिपको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

जन्मभुमि खबर ,

पोखरा ।

बागलुङमा पिकअप जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

बिहीबार साँझ ६ बजे म्याग्दीको सदरमुकाम बेनी बजारबाट बागलुङतर्फ आउँदै गरेको ध१च १३३६ नम्बरको पिकअप जिपले ठक्कर दिँदा काठेखोला गाउँपालिका-१ धैरेनीका पाँच वर्षीय सूर्य ढुङ्गानाको मृत्यु भएको हो ।

जिपको ठक्करबाट गम्भीर घाइते भएका ढुङ्गानालाई उपचारका लागि धवलागिरि प्रादेशिक अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलजङ्ग थापाले जानकारी दिए ।

बालकलाई सडक क्रस गर्दै गर्दा जिपले ठक्कर दिएको उनले बताए ।

जिपचालक पर्वतको जलजला गाउँपापिलका-८ नाङ्लिबाङका २५ वर्षीय सुनिल नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।