जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा एक वृद्धाको हत्या गरेको अभियोगमा आफ्नै नाति पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३१ बेगनास गाउँ कोटबारी नजिकै बासपानी बस्ने ७२ वर्षीया दालकुमारी परियारको हत्या गरेको अभियोगमा उनकै नाति २१ वर्षीय आशिष परियारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
आशिषले धारिलो हतियार प्रयोग गरी कुटपिट गर्दा दाल कुमारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ सीआरभी अमरसिंहबाट खटिएको प्रहरीले उनलाई पोखरा महानगरपालिका–९ पृथ्वी चोकबाट पक्राउ गरेको हो ।
परियारले अत्यधिक लागू पदार्थ सेवन गर्ने र यसअघि पनि पटक–पटक कुटपिट गर्दै आएको पुष्टि भएको छ। सोही पारिवारिक विवादका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।