जन्मभुमि खबर ,
पोखरा ।
जेनजी आन्दोलनका क्रममा प्रहरीको हतियार लुटपाट गर्ने २ जनालाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ ।
गत भदौ २४ गते भएको घटनामा प्रहरी कार्यालयमा तोडफोड, आगजनी र हतियार लुटपाट गरेको आरोपमा पोखरा ५ जिरोकिलो मिटर बस्ने ३१ वर्षिय श्यामबहादुर तामाङ र पोखरा २ बस्ने २२ वर्षका सागर राउतलाई आइतबार पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट १ राउण्ड गोली, बोल्ट र ट्रिगरको भाग जोडिएको १ थान काठको बटको भाग बरामद भएको छ ।
दुवै जनालाई हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा ५ दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
यीमध्ये तामाङ दुई वर्षअघि चोरी मुद्दामा समेत परेको प्रहरीको अभिलेखमा उल्लेख छ ।