जन्मभुमि खबर,
पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले पछिल्लो तीन दिनमा ट्राफिक नियम उल्लंघन गर्ने सातवटा स्कुल बसलाई कारबाही गरेको छ ।
ट्राफिक प्रहरीसहितको टोलीले जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा सञ्चालन हुने स्कुल बसको अवस्था जाँच गर्ने क्रममा नियम उल्लंघन गरेको पाइएपछि सातवटा बसलाई कारबाही गरेको हो ।
प्रहरीले स्कुल बसको यान्त्रिक अवस्था, सिट क्षमताभन्दा बढी विद्यार्थी राखे/नराखेको, चालकले मादक पदार्थ सेवन गरे/नगरेको, आवश्यक कागजात साथमा लिए/नलिएको जाँच गरेको थियो ।