जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

निकोलस भुसाल गोरखाबाट पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

निकोलस भुसाल पक्राउ परेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखाबाट पक्राउ गरेको हो ।

भुसाललाई गोरखा नगरपालिका-८ सरस्वती आश्रमबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई आजै काठमाडौँ ल्याइन् उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीप्रसाद आचार्यले जानकारी दिए ।

उनीमाथि सार्वजनिक कार्यक्रमै बम हान्ने जस्ता अभिव्यक्ति दिएर सार्वजनिक शान्ति भड्काउने काम गरेको आरोप छ ।