जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

जन्मभुमि खबर ,

पोखरा ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । प्रसाईं आइतबार साँझ थुनामुक्त भएका हुन् ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार नै थुनामुक्त गर्न आदेश दिएको थियो । आदेशसँगै उनी छुटेका हुन् ।

प्रसाईंका छोरा निराजनले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।