जन्मभुमि खबर ,
पोखरा ।
पोखरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित ७ जना पक्राउ परेका छन् ।
सहकारीका वर्तमान अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहितलाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बताए ।
सहकारी रजिस्ट्रार कार्यालय कास्कीले सहकारीको बचत रकम हिनामिना भएको भन्दै आवश्यक कारबाहीका लागि मंगलबार मात्रै प्रहरीलाई पत्राचार गरेको थियो ।
पत्र पाएको भोलिपल्टै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणी दाहाल, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भिष्मप्रसाद गुरुङ, सुपरमाइज मार्केट प्रमुख बेदीप्रसाद सुवेदी र पूर्व सचिव इन्द्रप्रसाद रहेका छन् ।
उनीहरुले सहकारीमा रहेको बचत, सेयर, जगेडा लगायतको कोषमा हुनुपर्ने रकम समेत गरी ८ करोड ७० लाख ९ हजार ९६२ रुपैयाँ हिनामिना गरेको आरोप छ ।