सुनको मुल्य एकैदिन ४२ सयले घट्यो
जन्मभुमि खबर ,
पोखरा ।
नेपाली बजारमा शुक्रबार सुनको मूल्य ४ हजार २ सयले रुपैयाँले घटेको छ। अघिल्लो दिन बिहीबार १२ सय रुपैयाँले बढेर ऐतिहासिक विन्दुमा पुगेको सुनको मूल्य आज ४ हजार २ सय रुपैयाँले घटेको हो ।
नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार आज ४२ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ३५ हजारमा झरेको हो । बिहीबार एक तोला सुनको मूल्य २ लाख ३९ हजार २०० पुगेको थियो।
सुनको मूल्य घटेपनि चाँदी भाउ भने हालसम्मकै उच्च विन्दुमा पुगेको छ । महासंघका अनुसार आज एक तोला चाँदीको मूल्य ३ हजार ८५ रुपैयाँ कायम भएको छ। बिहीबार सोही परिमाणको चाँदी २ हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।