जन्मभुमि खबर ,
पोखरा ।
नेपालको पश्चिमी क्षेत्रबाट मनसुन क्रमश: बाहिरिन सुरु गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले आज (असोज २०) दिउँसो जनाएअनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशसहित लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भेगका थोरै स्थानबाट मनसुन बाहिरिएको हो ।
