जन्मभुमि खबर ,
पोखरा ।
कास्कीको पोखरास्थित हेम्जामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । कास्की पोखरा महानगरपालिका २५ हेम्जामा ग ३ च ९८१६ नम्बरको स्कोरपियोले सोही ठाउँ बस्ने पैदलयात्री ६० वर्षीय आशबहादुर विकलाई शनिबार ठक्कर दिएको हो ।
घाइते विकको फिस्टेल अस्पतालमा उपचारको क्रममा शनिबार साँझ नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कोर्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।