जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा मोटरसाइकल दुर्घटनामा हुँदा हेम्जाका गुरुङको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका-१ हरिचोकमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

ग.३ प ७३१७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही महानगरपालिका-२५ हेम्जा क्रान्तिटोल निवासी २५ वर्षीय मानदेव गुरूङ गम्भीर घाइते भएका थिए । उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पुर्‍याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना ग.१ ख ९९६१ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ट्रक र मोटरसाइकल चालक दुवैलाई प्रहरी नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाइएको कास्की प्रहरीले जानकारी दिएको छ ।