जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको नालामुखमा बालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा एक जना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा बालिकालाई ललाई फकाइ यौन क्रियाकलापमा लगाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका-३ नालामुखस्थित सिन्धु खाजा घर सञ्चालक २३ वर्षीय सिन्धु किसान पक्राउ परेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले आइतबार साँझ पक्राउ गरेको हो ।

बालिकालाई ललाई फकाइ विभिन्न प्रलोभनमा पारेर यौन क्रियाकलापमा लगाएको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

किसानलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

पोखरा बाग्लुङ बसपार्कका खाजाघरमा यौनजन्य गतिविधि गराउने १९ जना पक्राउ