जन्मभुमि खबर ,
पोखरा ।
यस वर्षको दसैँको टीकाको साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ ।
त्यस दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ ।
समितिका अनुसार असोज ६ गते सोमबार घटस्थापना दिन बिहान ९ बजेर १३ मिनेटमा जमरा राखिने साइत छ । सरकारी कार्यालयमा झन्डा फेर्न असोज ७ गते ९ बजेर ५३ मिनेटमा साइत छ ।
असोज १३ गते बिहान ७ः१५ बजे फुलपाती भित्र्याउने साइत रहेको छ ।
