जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीका एसपीकाे ड्रेस लगाएर उपद्रो मच्चाउने प्रदर्शनकारी पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

जेनजी प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाको बर्दी लगाउने व्यक्ति पक्राउ परेका छन् । भदौ २४ मा डोजरसहित पुगेको जेनजी प्रदर्शनकारीको टोलीले जिल्ला प्रहरी कार्यालयमा आगजनी गरेको थियो ।

आगजनी गर्न कार्यालयभित्र गएका प्रदर्शनकारीमध्ये एकजनाले एसपीको बर्दी लगाएर आएका थिए । उनको परिचय गोप्य राखिएको छ । एसपीको बर्दीधारी प्रदर्शनकारीलाई केही दिनअघि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीमाथि सोमबार अदालत खुलेपछि म्याद थप गरिएको हो । प्रदर्शनकारीहरू आगजनी गर्न गएपछि प्रहरी युनिटका हिरासतबाट १२५ जना थुनुवा भागेका थिए, जसमा ६१ जना जिल्ला प्रहरी कार्यालयकै थुनुवा कक्षका थिए ।

मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आगजनी भएका संरचनाहरूको अवलोकन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पुगेका थिए । सोही क्रममा एसपी ओलियाले मुख्यमन्त्रीलाई बर्दी दुरुपयोग गर्नेलाई नियन्त्रणमा लिइएको ब्रिफिङ गरेका थिए ।