जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

डिजेल प्रतिलिटर चार रुपैयाँले घट्यो , पेट्रोलको यथावत

नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । सोमबार बिहानदेखि लागु हुने गरी मूल्य घटाइएको हो ।

पेट्रोल र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

निगमका अनुसार, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँ घटाइएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिलिटर अमेरिकी डलर सात रुपैयाँले घटाइएको जनाइएको छ ।

पेट्रोलको मूल्य काठमाडौ‌ पोखरा र दिपायलमा १६१ रुपैयाँ, सुर्खेत र दाङ १६० रुपैयाँ र चार आली विराटनगर, अमलेखगञ्ज, जनकपुर नेपालगञ्ज धनगढी, बीरगञ्जमा १५८‍५० पैसा यथावत् छ ।

हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेकइभेन पोइन्ट मूल्य कायम गरिएको निगमले जनाएको छ । नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।