जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फर्निचर तथा फर्निसिङ व्यवसायी संघको रक्तदानमा ५१ युनिट रगत संकलन

जन्मभुमि खबर ,

पोखरा ।

फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको ११ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रममा भएको छ । फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्की प्रदेश समन्वय समिति र गण्डकी प्रदेशको आयोजनामा कार्यक्रममा भएको हाे।

कार्यक्रममा ५१ युनिट रगत संकलन गरिएको कास्कीका महासचिव परमेश्वर दवाडीले जानकारी दिए । रक्तसंञ्चार सेवा गण्डकीको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।

दर्ता नगरी सञ्चालन गरिएका फर्निचर उद्योगका कारण समस्या परेको दवाडीको भनाइ छ । प्लाई र फर्निचरका कच्चा पदार्थको मूल्यवृद्धिले उद्योग प्रभावित भएको उनले बताए ।

‘पोखरा महानगरले कर महंगो लिएको छ । वार्षिक १२ हजार रुपैयाँ कर तिछौं । साना उद्योगीका लागि यो ठूलो भार हो । व्यवसायको आकारका आधारमा कर निर्धारण हुनुपर्छ,’ उनले भने । बिहीबार महतगौंडा स्थित हरिहर मन्दिर परिसरमा वृक्षरोपण तथा गोडमेल गरिने उनले जानकारी दिए ।

मल्ल फर्निचरका सञ्चालक तथा संघका सल्लाहकार श्यामकुमार मल्ले २० औं पटक रक्तदान गरेको बताए । रक्तदान गर्नु पुण्यको काम रहेको उनको भनाइ छ । ‘रक्तदान भनको लिने दिने काम हो । स्वस्थ रहुन्जेल रक्तदान गनुपर्छ । भोली आफुलाई चाहिएको बेलामा पाउन सकिन्छ । रक्तदानप्रति सकारात्मक सचेतना जोगाउन आवश्यक छ,’ उनले भने ।

कार्यक्रममा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष युवराज पौडेल, महासंघका केन्द्रिय उपाध्यक्ष ज्ञानबहादुर नेपाली, पोखरा उद्याग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष बलराम आचार्य, महासचिव शोभा गौतम, पोखरा चेमर्स अफ कास्कीका अध्यक्ष उमराज बास्तोला लगायतको उपस्थिति थियो ।

गण्डकीका अध्यक्ष हिरामणी पण्डितले स्वागत मन्तव्य राखेका थिए भने धन्यवाद ज्ञापन कास्कीका वरिष्ठ उपाध्यक्ष रामजीप्रसाद तिवारीले गरेका थिए । संघमा कास्कीका ५०० वटा फर्निचर उद्योग समावेश छन् ।